नेपालले चिनलाई एकलाख मास्क सहयोग गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2020 | 07:44:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले चिनलाई एक लाख  प्रोटेक्टिभ माक्स सहयोग गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १ लाखको संख्यामा प्रोटेक्टिभ मास्क चीन सरकारलाई सहयोगस्वरुप उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

यस्तै उक्त बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमाण विरुद्ध  जुट्न निर्देशन दिएका छन् । यसका साथै चिनमा रहेका नेपालीलाई स्वदेशमा ल्याएर उपचार तथा क्वारेन्टाइनको  व्यवस्था गर्न समेत निर्देशन दिएका छन् । उनले क्वारेन्टाइनका लागि चार स्थानहरु शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा ब्यबस्था गर्न निर्देशन दिएका हुन् । 

उनले उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव, सुरक्षा अधिकारी सहितको विशेष बैठकमा यस्तो निर्देशन दिएका हुन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved