विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण

रासस

रासस

Feb 10, 2020 | 03:31:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने योजना अन्तरगत बागलुङको जैमिनी नगरपालिकाभित्र अध्ययनरत छात्राले सेनेटरी प्याड प्राप्त गरेका छन् । जसका लागी चालू आर्थिक वर्षबाट सरकारले बजेट विनियोजन समेत गरेको थियो ।

नगरपालीकाले शान्ति माध्यामिक विद्यालयका छात्रालाई प्याड वितरण गरी सरकारको योजनाको कर्यन्वयनको सुरु गरेको हो । उक्त विद्यालयमा गठित बालअधिकार चेतना समूहका अध्यक्ष मेलिना चापागाईलाई आइतबार नगरपालिकाका उपप्रमुख लीला रानाले एकमुष्ठ सेनेटरी प्याड हस्तान्तरण गरेर नगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा प्याड वितरण कार्यक्रम सुरुवात गरेका थिए । 

उक्त कार्यक्रमा बोल्दै रानाले विभिन्न कारणले प्याड वितरण कार्यक्रममा ढिलाइ भएको प्रतिक्रिया दिए । त्यस्तै नगरपालिकास्थित सामुदायिक विद्यालयका एक हजार ७८७ छात्रालाई मासिक १६ वटाको दरले प्याड वितरण हुने नगरपालिकाका नगर शिक्षा अधिकारी खेम आचार्यले जानकारी दिए। एक जनालाई महिनामा १६ वटा प्याड वितरण गर्ने उनको भनाइ थियो । 

सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका १४ लाख ३६ हजार छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने गरी  एक अर्ब २७ करोड ७३ लाख बजेट विनियोजन गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved