नेकपाको एमसीसी अध्ययन कार्यदलले प्रतिवेदन लेख्नै सकेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2020 | 01:17:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे अध्ययन गर्न बनाएको कार्यदलले समयसिमा भित्र प्रतिवेदन बुझाउन नसक्ने भएको छ । नेकपाका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल संयोजक रहेको अध्ययन कार्यदलले तोकिएको समयभित्र प्रतिवेदन बुझाउन नसक्ने भएपछि पार्टी नेतृत्वसँग समय थप गर्न आग्रह गरेको छ । 

कार्यदलले १० दिन भित्र अध्ययन गरिएपनि प्रतिवेदन लेख्न नभ्याएको भन्दै म्याद थपका लागि पार्टी सचिवालयसँग आग्रह गर्ने भएको हो । मंगलबार सिंहदरबारमा बसेको तीन सदस्यीय कार्यदलको बैठकले म्याद थपका लागि सचिवालयसँग आग्रह गर्ने निर्णय गरेको हो । कार्यदलमा झलनाथ खनाल, भीम रावल र परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवाली सदस्य छन् । कार्यदलले पाएको समयसीमा बुधबार सकिँदैछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved