ट्याक्टर दुर्घटनामा ४ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 08:49:02 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–३ छरछरेमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य आठ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बुलिङटार गाउँपालिका ३ का २२ वर्षीय नरबहादुर सुस्लिङ्ग, बुलिङ्गटार ३ का ५९ वर्षीय यमान सिंङ सुस्लिङ, ४० वर्षीय पूर्णबहादुर थापा, २५ वर्षीय लिलाबहादुर सारु छन् । 

घाइतेमध्ये ट्याक्टर चालक बलबहादुर झेडी मगरको अवस्था गम्भीर छ । घाइतेहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved