एमसिसी कार्यदलले प्रतिवेदन लेख्नै सकेन, थप १० दिन समय माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2020 | 09:02:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी)को अध्ययन गर्न गठित कार्यदलले समय थप गर्न माग गरेको छ । कार्यदलका संयोजक तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले १० दिनको समय अपुग भएकाले पुनः १० दिनको समय दिन पार्टी नेतृत्वसँग माग गरेका हुन् । गत माघ १९ गते गठित अध्ययन कार्यदलको १० दिनको समय हिजो सकिएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी कार्यदलको समय थप गर्न माग गरेको उनले जानकारी दिए । कार्यदलका संयोजक खनालले अहिले एमसिसीका बारेमा अध्ययन र छलफलको क्रम जारी रहेकाले समय अपुग भएको बताए । ‘‘मैले आज दुबै अध्यक्षलाई भेटी एमसिसीको अध्ययन गर्नका लागि समय अपुग भयो । अझै १० दिन समय थप्न भनेको छु’’ उनले भने , ‘‘जहाँसम्म अध्यक्षद्वयले मेरो आग्रहलाई स्वीकार गर्दै १० दिनको समय थप्नुहुन्छ ।’’

उनले आफूहरुले थप गरिएको १० दिनभित्र पार्टीलाई प्रतिवेदन बुझाउने जानकारी दिए । कार्यदलले अहिले एमसिसीसम्बन्धी सामग्री जम्मा गर्ने, अध्ययन र विश्लेषण गर्ने कार्य गरिरहेको छ ।

पार्टीको यही माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकमा एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदलको बैठक यसबीचमा तीन पटक बसेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved