मेलम्ची आयोजनाले दैनिक ३४ करोड लिटर पानी काठमाडौँ ल्याउन गर्यो अर्को सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2020 | 09:07:34 AM मा प्रकाशित

laxmi  sunrise bank

मेलम्ची खानेपानी विकास समिति र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच याङ्ग्री–लार्के आयोजना सञ्चालन गर्ने बारेमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र गाउँपालिकाका अध्यक्ष टासी लामाबीच स्थानीय समुदायका हितमा राखी आयोजना सञ्चालन गर्नेबारेमा सहमति पत्रमा बुधबार हस्ताक्षर भएको हो ।

सहमति अनुसार आयोजना प्रभावित क्षेत्र परिभाषित गर्नुपर्ने, आयोजना प्रभावित क्षेत्रबाट मेलम्ची विकास बोर्डमा प्रतिनिधित्व गराउनुपर्ने, गाउँपालिकाभित्र गरिने विकास निर्माणकार्य एकद्वार प्रणालीबाट गर्नुपर्ने उल्लेख छ ।

यसैगरी पाँचपोखरी गाउँपालिका–१ र २ लाई जोड्ने मेलम्ची–दाउचेत–केउरेली–जतन–बरुवा–याङ्ग्री सडक कालोपत्र हुनुपर्ने, मेलम्ची भोताङ सडकखण्डअन्तर्गतको थाङपालधापको भँैसी काट्ने थलादेखि थाङपाकोट–मानेखर्क हँुदै भोताङ छिम्ती–देउराली–लार्केसम्म जोड्ने पुल निर्माण र सडक कालोपत्र हुनुपर्ने, तिपेनी, खाल्डे र काफ्ले खोलामा तीन वटा पुल बन्नुपर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

समितिका कार्यकारी निर्देशक खत्रीले आयोजना गर्नका लागि स्थानीय तहसँग समन्वय गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए । उनले आयोजनाको पानी काठमाडाँै ल्याउनका लागि स्थानीय सरकार र समुदायको विकास निर्माणसम्बन्धी मागलाई सम्बोधन गर्नका लागि दुई पक्षबीच समझदारी गरिएको बताए ।

गाउँपालिका अध्यक्ष लामाले आयोजना सञ्चालन गर्नुपूर्व स्थानीय सरकारको मागलाई सम्बोधन गर्नका लागि समितिसँग सहमति गरिएको बताए । सांसद शेरबहादुर तामाङले आयोजना सम्पन्न गर्न तथा स्थानीय सरकारका सडक र पुल निर्माणका माग सम्बोधन गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए ।

उनले छिट्टै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएकाले स्थानीय सरकारसँग समितिले सम्झौता गरेको बताए । सो आयोजनाअन्तर्गत याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट १७ करोड लिटर गरी कूल ३४ करोड लिटर पानी दैनिक काठमाडाँै ल्याइनेछ । मेलम्ची आयोजनापछि सरकारले सो आयोजना सञ्चालन गर्ने तयारी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved