उपत्यका बासीको पानीको समस्या छिटै हल हुन्छ: मन्त्री मगर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2020 | 08:28:19 PM मा प्रकाशित

laxmi  sunrise bank

खानेपानी मन्त्री बिना मगरले उपत्यकाबासीले भोगिरहेका खानेपानीको समस्या हल गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सक्षम भएर मेहनतका साथ अघि बढ्नुपर्ने बताएकी छिन् । 

केयुकेएलको बाह्रौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले उपत्यकाबासीले बर्षौंदेखि झेलिरहेका समस्यालाई अब हल गर्नुपर्ने दिन नजिकिंदै गईरहेकाले केयुकेएल सक्षम बन्नुपर्ने बताएकी हुन्। मेलम्ची जनताको प्रत्यक्ष जीवनसँग जोडिएको विषय भएकाले केयुकेएलले चुस्त व्यवस्थापकीय ढंगबाट काम गर्नुपर्ने मन्त्री मगरको भनाई छ ।

कार्यक्रममा मन्त्री मगरले केयुकेएलले गुनासो सम्बोधन गर्न विकास गरेको मोबाइल एप र रिजर्भवायर पानी ट्यांकीमा पानीको क्षमता मापन गर्ने प्रविधिको सार्वजनिक गरेकी थिईन । केयूकेलले धारामा पानी आए नआएको र चुहावट भएको अवस्थाबारे जानकारी दिने र गुनासो सम्बोधन गर्नेगरी एप तयार गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved