अख्तियारलाई सर्वोच्चको प्रश्न ‘माधव नेपाल र बाबुराम भट्टराईलाई किन मुद्दा नहालेको ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2020 | 02:42:15 PM मा प्रकाशित

laxmi  sunrise bank

बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्द मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ माग गरेको छ । अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिट निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न अख्तियारलाई आदेश दिएको हो ।

उक्त प्रकरणमा पूर्व भौतिकमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि अख्तियारले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाएको थिएन । उनीहरुविरुद्द पनि मुद्दा दायर हुनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर भएको थियो । 

आदेश:

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved