उपत्यकाका विभिन्न स्थानमा फागुन ३, ५, ७ र १० गते ८ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार यी ४ दिनमा पुल्चोक वितरण केन्द्र अन्तर्गतको फर्पिंग फिडरबाट बिजुली आपूर्ति हुने स्थानमा बत्ति नआउने भएको हो ।
प्राधिकरणका अनुसार उक्त फिडरको ११ केभी लाइन अपग्रेड गर्नु पर्ने भएकोले बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म बिद्युत आपूर्ति बन्द गर्न लागिएको हो । निर्धारित समय अगावै काम सकिए सो अगाडी नै विद्युत नियमित सुचारु हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरण अनुसार उल्लेख गरिएका ति दिनमा फर्सीडोल, डुकुछाप, दनुवार वस्ती, जोर्खु, घुसेल, खोलाखेल क्षेत्र लगायत त्यस फिडरबाट सप्लाई लिएका ग्राहक प्रभावित हुने छन् ।
त्यस्तै प्राधिकरणले आज शनिवार डाछी फिडरबाट बिद्युत वितरण भएका माकल्बारी र दक्षिण ढोका क्षेत्रमा बिहान ९ बै देखि २ बजे सम्म बिद्युत आपूर्ति बन्द हुने जनाएको छ ।