किन बंगलादेश पुग्यो नेपालीहरुलाई घर फर्काउन चीन उडेको जहाज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2020 | 04:52:50 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई लिन उडेको नेपाल वायुसेवा निगमको जहाज बंगलादेश पुगेको छ । काठमाडौँ विमानस्थलबाट ४ बजे उडेको जहाज ४:४५ मा  बंगलादेश पुगेको हो । जहाज बंगलादेशमा अवतरण गरेको नभई बंगलादेशी आकाशमा मात्र पुगेको हो  ।  

नेपाल र चीनको हुवेई प्राप्तबीच सिधा हवाई रुट नभएको कारण जहाज बंगलादेश हुदै त्यस तर्फ जानु परेको हो । भारतीय आकाश हुदै बंगलादेश पुगेको जहाज म्यान्मार हुदै चिनियाँ आकाश प्रवेश गर्ने छ ।  



पाकिस्तानी पाइलटको कमाण्डमा विमान चीन गएको हो । जहाजमा नेपाली को-पाइलट छन् ।  नेपाली सेनाका चारजना चिकित्सक समेत गरी १६ जनाको टोली जहाजमा छ। जहाज फागुन ४ गते बिहान ३:३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । 

 चीनका विभिन्न शहरबाट १८० नेपालीलाई स्वदेश ल्याईँदैछ । उनीहरुलाई १४ दिनसम्म परीक्षणमा राखिनेछ । 

उक्त जहाज कहाँ पुग्यो भनी हेर्न यहाँ क्लिक गर्नु होला 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved