६ जना नेपाली कोरोना प्रभावित क्षेत्रबाट फर्कन पाएनन्, १७५ जना आउदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2020 | 10:37:36 PM मा प्रकाशित

laxmi  sunrise bank

६ जना नेपालीहरुलाई चीनले स्वदेश फर्कन रोक लगाएको छ । नेपाल आउनु अघि  चीनको वुहान विमानस्थलमा गरिएको स्वास्थ्य परिक्षणमा उनीहरुलाई स्वास्थ्य समस्या देखिएपछि विमान चढ्न नदिएको हो । उनीहरुलाई ज्वरो आएको कारण नेपाल फर्कन नदिएको जनाईएको छ ।

यस संगै नेपालीहरुलाई लिन गएको नेपाल वायु सेवा निगमको जहाज १७५ जना लिएर फर्कने भएको छ । सुरुमा १८५ जना ल्याईने भनिए पनि ४ जना स्वइच्छाले उतै बस्ने भएका हुन् । बाँकि ६ जना आउँन चाहेर पनि स्वास्थ्यमा समस्या देखिएपछि बन्चित भएका हुन् ।

चीनमा कोरोना भाईरसको संक्रमण बढेपछि त्यहाँ रहेका नेपालीले स्वदेश फर्कने इच्छा देखाएका थिए। सोहि अनुसार सरकारले उनीहरुलाई फर्काउन लागेको हो । यस अघि नै चीन सरकारले स्वास्थ्य परिक्षण गर्दा ज्वरो लगायतका कुनै स्वास्थ्य समस्या नदेखिए मात्र देश फर्कन सक्ने जनाएको थियो ।

उनीहरु काठमाडौँ आएपछि पनि स्वास्थ्य परिक्षण हुने छ । उनीहरुलाई  १५ दिनसम्म राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा भईसकेको छ । 

यो पनि : 

यस्तो छ चीनबाट फर्केका नेपालीलाई राखिने कोठा, वासिङ्ग मेशिनदेखि लूडोखेलको ब्यबस्था

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved