बिजपाटी सम्बाददाता     Feb 16, 2020 | 06:00:59 PM


tansen

निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको मुद्दामा आइतबार पनि फैसला हुन सकेन । काठमाडौं जिल्ला अदालतले महरामाथि लागेको अभियोगमा सोमबार मात्र अन्तिम फैसला सुनाउने भएको छ ।

आइतबार सुनुवाई भएपनि समय अभावले मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । सम्भवतः भोली सोमबार अन्तिम फैसला आउने छ । 

स‌ंसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा मुद्दा खेपिरहेका महरा हाल पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका