बिजपाटी सम्बाददाता     Feb 17, 2020 | 08:16:15 AM


tansen

कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएकाको स्मृतिमा दीप प्रज्वलन र प्रार्थना गरिएको छ । नेपाल चाइनिज गाइड एसोसिएसन (नेग्गा)ले पाटनस्थित हिरण्यवर्ण महाविहारमा दीप प्रज्वलन गरी दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको हो । 

भाइरसका कारण मृत्यु भएकाहरुको चिरशान्तिको कामना र उपचाररत बिरामीको स्वास्थ्य लाभको कामना गर्दै महाविहारका पुजारी तथा स्थानीयवासीको सहयोगमा प्रज्ञापारमिता पाठ गरिएको हो । उनीहरुले नेपाली र चिनियाँ भाषामा ‘उठ चीन, जाग उहान’, ‘कठिन घडीमा–हामी साथमा छौँ’, ‘सङ्क्रमणविरुद्धको जीत निश्चित छ’ लगायतका नारा लोखिएको प्लेकार्ड बोकेका थिए ।

नेग्गाका अध्यक्ष निशान प्रधानले असल मित्र र नेपालको विकासको साझेदार मूलुक चीनले भोगिरहेको कठिन अवस्थामा नेपाल साथमा छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताए । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका