सेनासहित कालापनी पुगे उपप्रधानमन्त्री पोखरेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 10:06:14 AM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल दार्चुलाको कालापानी क्षेत्र निरीक्षणमा निस्किएका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत उनी व्यास गाउँपालिकास्थित कालापानी क्षेत्र प्रस्थान गरेका हुन् ।

उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सदस्य मानबहादुर धामी, गेल्बुसिंह बोहरा पनि सो क्षेत्रमा गएका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार टोलीमा सुरक्षा अधिकारीसहित १० जना छन् । 

भारतले केही महिनाअघि नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासमेतलाई समावेश गरेर नक्सा जारी गरेपछि नेपालले आपत्ति जनाउँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved