बिजपाटी सम्बाददाता     Feb 17, 2020 | 05:29:18 PM


tansen

नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार ग्रहण गरेकी छिन् । प्रतिनिधि सभाको उपसभामुखबाट हालै मात्र राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्रीमा नियुक्त गरेकी हुन् ।

तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी हुन् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका