महाकालीमा भारतले बनाएको काठेपुल भत्काईयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2020 | 10:17:24 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले महाकाली नदीमा बनाएको काठेपुल नेपाल प्रहरीले हटाएको छ । दार्चुलाको व्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मको क्षेत्रमा भारतीय पक्षले काठेपुल हालेको थियो  । उक्त पुल आइतबार नेपाल प्रहरीले निकालेर महाकाली नदीमा फालिदिएको छ ।

व्यास–१ पेल्सितीमा लगाइएको र माल्पानजिक महाकाली तर्न बनाइएको काठका डन्डी प्रहरीले फालिदिएको हो । तर व्यास–१ कै कटारपानीमा डोजरसमेत आवतजावत गर्न सक्ने गरी भारतीय पक्षले बनाएको कल्भर्टजस्तै पुल भने ढुंगा राखिएकाले भत्काउन नसकिएको प्रहरीले बताएको छ । 

गत वर्ष भारतले नेपाली पक्षको प्रशासनकै सहमतिमा महाकालीमा काठेपुल हालेको थियो । सो क्षेत्रमा भारतले दुई ठाउँमा आधा किलोमिटर सडक खनेको छ भने एक ठाउँमा सवारीसाधन वारपार गर्न सक्ने पुलसमेत बनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved