प्रधानमन्त्रीको मुटुको एन्जिओग्राफी गरियो, यस्तो आयो रिपोर्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2020 | 07:41:50 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीको एन्जिओग्राफी गरिएको छ। मुटुमा समस्या देखिएपछि उनी मंगलबार साँझ  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् । 

अस्पताल स्रोतका उनको समस्या पहिचान गर्न एन्जिओग्राफी गरिएको हो । मुटुको नलीमा अवरोध (ब्लकेज) भए नभएको पत्ता लगाउन एन्जिओग्राफी गरिन्छ।  एन्जिओग्राफी गर्दा धमनीहरूमा अवरोध भए नभएको थाहा हुन्छ । एन्जिओग्राफी परिक्षण गर्दा समस्या नदेखिएको र उनी आज नै बालुवाटार फर्कने अस्पाल स्रोतले जनाएको छ ।

लामो समयदेखि मृगौलामा समस्या भोगिरहेका प्रधानमन्त्री ओलीको मुटुमा समस्या देखिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved