फेरी वर्षा र हिमपातको सम्भावना, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2020 | 08:52:45 AM मा प्रकाशित

laxmi  sunrise bank

मौसम विश्लेषण 

हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएको छ |

मौसमको अवस्था  

देशका सुदुर पश्चिम क्षेत्र तथा अन्य पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदलीको अवस्था  भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा देखिन्छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान    

फागुन ०७ गते (बुधबार)

दिउँसोः देशको पश्चिमी भु-भागमा लगायत मध्य तथा पूर्वि पहाडी भु-भागमा आन्शिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

फागुन ०८ गते (बिहिबार)

दिउँसोः देशभर सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातीः देशभर सामान्य बदली रही पश्चिमका केहि भू-भागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।

फागुन ०९ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातीः देशभर आन्शिक देखि सामान्य बदली रहने छ।  पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  

पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ |

स्रोत :उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved