दोलखा भिमसेनको शिलामा पसिना आयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2020 | 08:37:56 AM मा प्रकाशित

laxmi  sunrise bank

दोलखाको ऐतिहासिक भिमसेन मन्दिरको शिलामा बिहिबार बिहानै पसिना आएको छ । आज बिहान ६ः३० बजेबाट भिमसेनको शिलामा पसिना आएको पुजारी कोशीनारायण श्रेष्ठले जानकारी दिए । शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले क्षमापूजा गरिरहेका छन् ।

भिमसेनको शिलामा पसिना आउँदा देशमा अप्रिय घटना हुने मान्यता रहँदै आएको छ । राजा वीरेन्द्रको वंशनाश हुनुअघि र २०६२÷०६३ को जनआन्दोलन सुरु हुनुभन्दा महिना दिनअघि पनि शिलामा पसिना आएको थियो । देशमा आईपर्ने हरेक विपत्तिपूर्व भिमसेनको शिलामा पसिना आउने गर्दछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved