बालुवाटारमा मन्त्री बास्कोटाको राजिनामाबारे छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2020 | 11:22:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले कमिशन माग गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि नेकपाका शिर्ष नेता छलफलमा जुटेका छन् l सेक्युरिटी प्रेस कमिसन प्रकरणमा  अडियो रेकर्ड सामाजिक संजालमा भाईरल भएपछि बिहिबार बिहान शिर्ष नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन्  l

स्रोतका अनुसार मन्त्री बास्कोटाले राजिनामा गर्ने सम्भावना छ  l यद्यपि बास्कोटा स्वयं राजधानी बाहिर छन् l उनी फर्किएपछि राजिनामाको विषयमा थप जानकारी आउने स्रोतले जनाएको छ । यस बारे प्रधानमन्त्री कुन रुपमा प्रस्तुत हुन्छन् भन्ने विषयले धेरै अर्थ राख्ने स्रोत बताउछ ।  

बुधबार महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्न  कञ्चनपुरमा छन् । आजै बेलौरीमा टेलिकमको उद्घाटन र पुनर्वासमा कार्यकर्ता भेटघाट गरेर काठमाडाैं फर्किने कार्यक्रम छ । कञ्चनपुरमा उनले आफुले गल्ती गरेको भए र आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेका प्रारम्भिक प्रतिक्रिया दिएका छन् । यद्यपि उनले राजधानी फर्किएपछि यसबारेमा विस्तृत प्रतिकृया दिने बताएका छन् । 

आज नै मन्त्री बास्कोटाले मन्त्रिपरिषदको निर्णय सुनाउने कार्यक्रम छ ।  उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बास्कोटालाई बर्खास्त गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेको छ l 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved