बिजपाटी सम्बाददाता     Feb 20, 2020 | 08:12:52 PM


tansen

संचार तथा सूचना प्रविधि मन्त्रीबाट राजिनामा दिएका गोकुल बास्कोटालाई प्रधानमन्त्रीका सल्लाहकारले घर पुर्याएका छन् । राजिनामा दिएका बास्कोटालाई  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो गाडीमा बालकोट पुर्‍याएका हुन् ।

बास्कोटा झण्डावाल गाडी र अंगरक्षक प्रधानमन्त्रीनिवास बालुवाटारमै छाडेर थापाको गाडीमा बालकोट गएका हुन् । काभ्रे निर्वाचन क्षेत्र भएका बास्कोटाको घर भक्तपुरमा छ। तर उनी मन्त्री भएपछि प्रधानमन्त्रीको  बालकोट निवासमा बस्दै आएका छन् । 

सेक्युरिटी प्रिन्टिङ प्रेसमा कमिशनको बारेमा कुरा गरेको अडियो बाहिरिएपछि उनले आज बिहिबार राजिनामा दिएका हुन् 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका