स्याङ्जामा भैँसी चोरेको आरोपमा थप एक पक्राउ, उजुरी दिनेको संख्या बढ्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2020 | 10:15:14 PM मा प्रकाशित

laxmi  sunrise bank

भैँसी चोरी गरेको आरोपमा पक्राउ प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।  गोठबाटै भैँसी हराएको उजुरी दिएपछि प्रहरीले भिरकोट नगरपालिकाका दुई जनालाई  यसअघि नै पक्राउ गरिसकेको छ। 

प्रहरीले पक्राउ परेका भिरकोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिको नाम सार्वजनिक गरेपनि तेस्रो व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन। जिल्ला अदालतमा लैजाने प्रकृया पुरा नभई पक्राउ पर्ने तेस्रो व्यक्तिको नाम सर्वजनिक नगरिने वडा प्रहरी कार्यालय वालिङले जनाएको छ। 

प्रहरीकाअनुसार यो घटना बाहिर आएसँगै भैसी चोरी भएको सम्बन्धमा उजुरी दिनेको सङ्ख्या बढेको छ। करिब १२-१३ निबेदन परिसकेको प्रहरीले जनाएको छ। 

ग१ज ५८४१ नंको जिपमा भैँसी र पाडी लिएर बयरघारीतर्फ जाँदैगर्दा सोधपुछका क्रममा भैँसी किनेको ठाउँ खुलाउन नसकेपछि माघ ६ गते अलि द्वयलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ। भिरकोट नगरपालिका– का तेजबहादुर केसीको दुई वर्षको पाडी र भिरकोट–२ की जमुना केसीको सात वर्षको लैनोभैँसी गोठबाटै हालै चोरी भएको थियो ।

तेजबहादुर केसी र जमुना केसीलाई भैँसी र पाडी देखाउँदा आफूहरुको भएको बताएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए। चोरी कार्यमा संलग्नलाई जिल्ला अदालतमा म्याद थपी अनुसन्धान थालिएको उनले बताए। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved