जाम भएपछि गन्तब्यमा नपुगी काठमाडौँ फर्किए उपप्रधानमन्त्री पोखरेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 07:02:47 PM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधानमन्त्री ईश्वर पोख्रेल आज सवारी जामका कारण गन्तब्यमा नपुगी फर्किएका छन् । सिन्धुली हिडेका उनी बिपी राजमार्ग अवरुद्ध भएपछि सवारी जामका कारण बीचबाटो बाटै काठमाडौँ फर्किएका हुन् । रक्षामन्त्रीसमेत रहेका पोख्रेल शहीद ऋषिराज देवकोटाको ३९औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौँबाट सिन्धुलीतर्फ जाने कार्यक्रम थियो ।

बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका थिए । गाडीको ठक्करबाट आज बिहान स्थानीयवासी ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो । ठक्कर दिने गाडीको पत्ता लगाएर आवश्यक कानुनी कारवाहीको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् ।

अवरुद्ध बनेको राजमार्ग दिउँसोदेखि सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार पैदल यात्रुलाई ठक्कर दिने सवारी पत्ता लगाई कारवाही गर्ने पीडित पक्षसँगको मौखिक सहमतिका आधारमा राजमार्ग सञ्चालन भएको हो ।ठक्कर दिएको आशङ्कामा स१ख ५८२ नंको मिनीट्रक उदयपुरबाट नियन्त्रण लिइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved