बिजपाटी सम्बाददाता     Feb 24, 2020 | 08:42:08 PM


tansen

 कलंकीमा सोमबार साँझ भयानक दुर्घटना भएको छ ।  थानकोटबाट कलंकी आउँदै गरेको एउटा ट्रकले ढुंगाअड्डाको ओरालो नौ वटा सवारीलाई ठक्कर दिएको हो। 

ब्रेक फेल अनियन्त्रित ट्रकले  ट्याक्सी, कार, जिप, स्कुटर, बाइक गरी ९ वटा सवारीलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट ति गाडीमा सवार रहेका मध्ये १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्  । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउँन वाँकी छ 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका