क्वारेनटाइनमा रहेका नेपाली भन्छन् ' सुरक्षित छौँ, परिवारले चिन्ता नलिनु'

रासस

रासस

Feb 25, 2020 | 07:14:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सांसद महेश बस्नेतको टोलीले भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइन क्षेत्रको अनुगमन गरी चीनबाट फर्काइएका नेपालीसँग यहाँको अवस्थाबारे जानकारी लिएको छ  । 

सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीको बारेमा जानकारी लिन त्यहाँ पुगेका सांसद बस्नेतले क्वारेन्टाइनभित्र रहेका नेपालीसँग त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् । उनले क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फत भित्र रहेका नेपालीसँग सिसी क्यामराको माध्यमबाट भिडियो हेर्दै कुराकानी गरेका हुन् । 

सांसद बस्नेतसँगको कुराकानीमा क्वारेन्टाइनमा रहेका नेपालीहरुले सरकारले गरेको व्यवस्था सन्तोषजनक रहेको बताए ।उनीहरुले भने, “हामी यहाँ सुरक्षित छौँ, हामीलाई आवश्यक परेको कुनै पनि सामान तुरुन्तै पाउने गरेका छौँ, यहाँ भएकाका परिवारले कुनै चिन्ता लिनुपर्दैन, हामी खुशी छौँ ।” 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved