कस्तो रहन्छ आजको मौसम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 09:00:49 AM मा प्रकाशित

laxmi  sunrise bank

मौसम विश्लेषण 

हाल देशमा पुर्वी तथा मध्य भू-भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ ।

मौसमको अवस्था  

देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको छ। देशका मध्य र पूर्व थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भईरहेको छ

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन १४ गते (बुधबार)

दिउँसोः देशको पूर्वी भू-भागमा सामान्य देखी पूर्ण बदली रहि मध्य र पश्चिमी भू-भागमा आंशिक देखी सामान्य बदली रहनेछ। देशको पूर्वी भू-भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू-भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको मध्य भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी तराईका एक-दुई स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

फागुन १५ गते (बिहिबार)

दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशको मध्य र पश्चिमी भेगमा आंशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन १६ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशको पश्चिमी भू-भागमा सामान्य देखी पूर्ण बदली रहि मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहनेछ।

स्रोत : नेपाल सरकार, उर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved