बामदेवलाई राष्ट्रिय सभामा लैजाने नेकपाको निर्णय, अर्थमन्त्रीको पद धरापमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 01:27:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको हो ।

बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने गरी राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।  राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न माधवकुमार नेपालको संयोजकत्वमा बनेको कार्यदल भने खारेज गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

नेकपाको निर्णय संगै हालका अर्थमन्त्री डा. युवराज खतिवडाको पद धरापमा परेको छ । राष्ट्रिय सभाको सदस्यको रुपमा खतिवडाको कार्यकाल यहि फागुन १९ गते सकिदै छ । यद्यपि उनी राष्ट्रिय सभा सदस्य नरहे पनि ६ महिनासम्म मन्त्री बनिरहन भने सक्ने छन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved