रोल्पाको माडीमा पहिलो पटक पुग्यो बिजुली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 01:50:41 PM मा प्रकाशित

laxmi  sunrise bank

रोल्पाको माडी क्षेत्रले पहिलोपटक राष्ट्रिय विद्युत प्रसारण प्रणालीबाट बिजुली पाएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले घर्ती गाउँमा भएको एक कार्यक्रमबीच माडी गाउँपापलिका अध्यक्ष नन्दबहादुर पुनलाई मिटर बक्स हस्तान्तरण गरेर विद्युतीकरणको शुभारम्भ गरेका हुन् । बुटवल पारव कम्पनीले प्यूठानमा निर्माण गरेको झिम्रुक जलविद्युत केन्द्रबाट माडीमा विद्युत पु¥याइएको हो । 

माडी क्षेत्रका चर सय ग्राहकलाई मिटर बक्स प्रदान गरिएको हो । प्रतिनिधिसभामा रोल्पाबाट निर्वाचित मन्त्री पुनले दुई वर्षभित्र जिल्लालाई पूर्ण रुपमा विद्युतीकरण गरिसक्ने घोषणा गरेका थिए । ‘दुई वर्षभित्र रोल्पालाई पूर्ण विद्युतीकरण गरिसक्ने मेरो प्रतिबद्धता छ’, उनले भनेका थिए , ‘अब रोल्पालीले अँध्यारोमा बस्नुपर्दैन ।’ निर्वाचनका बेला मन्त्री पुनले आफ्नो कार्यकालभित्रै जिल्लालाई पूर्ण विद्युतीकरण गरिसक्ने प्रतिबद्धता जनाएका थिए। ‘निर्वाचनमा मैले मतदाताका अगाडि गरेको प्रतिबद्धता पूरा गरेर छाड्छु’, मन्त्री पुनले भने । 

नेपाल विद्युत प्राधिकरण रोल्पाका वितरण केन्द्र प्रमुख श्याम शर्माले  मन्त्री पुनको निर्देशनअनुसार दुई वर्षभित्र रोल्पाका ७२ वटै वडालाई आध्यारो मुक्त बनाइने बताए  । शर्माका अनुसार जिल्लाका हरेक वडामा विजुलीको पोल गाड्ने कामका लागि टेण्डर समेत आह्वान भइसकेको छ र तीव्र गतिमा काम अघि बढाइको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved