ऊजामन्त्री पुनद्वारा ८ रोपनी जग्गा दान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 03:37:01 PM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले आफ्नो जन्मथलो रोल्पाको माडीचौरमा स्थापित कृषि क्याम्पसका लागि ८ रोपनी जग्गा दान गरेका छन् । 

मन्त्री पुनले रोल्पा नगरपालिका–७ माडीचौरमा रहेको कृषि तथा वन विज्ञान संकाय अन्तर्गतको प्रकृतिक व्यवस्थापन क्याम्पसका लागि आफ्नो पैत्रिक सम्पत्तिबाट उक्त जग्गा दान गरेका हुन् । हरेक प्रदेशमा कम्तिमा एक कृषि क्याम्पस स्थापना गर्ने सरकारको नीतिअनुसार प्रदेश–५ को माडीचौरमा कृषि क्याम्पस स्थापना भएको हो । नवआगन्तुक विद्यार्थीको स्वागत तथा कक्षा सञ्चालनको शुभारम्भ गर्दै मन्त्री पुनले क्याम्पस निर्माणका लागि आफूले पैत्रिक सम्पत्तिबाट पाएको १० रोपनीमध्ये ८ रोपनी क्याम्पसलाई निःशुल्क उपलब्ध गराएको घोषणा गरेका हुन् । 

मन्त्री पुनले प्राविधिक शिक्षामा लगानी बढाउने राज्यको नीतिअनुसारै आफूले गत वर्ष संसद विकास कोषबाट एक करोड र यस आर्थिक वर्षमा ३५ लाख रुपैयाँ क्याम्पसका लागि उपलब्ध गराएको पनि जानकारी दिए । हाल नेपालले १५ खर्ब वैदेशिक व्यापारमध्ये १४ खर्ब घाटा व्यहोर्नुपरिरहेको भन्दै मन्त्री पुनले व्यापार घाटा कम गर्न कृषिमा लगानी गर्नुको विकल्प नरहेको स्पष्ट पारे । 

मन्त्री पुनले रोल्पा नगरपालिका–२ स्थित पिताराज आधारभूत विद्यालयको अक्षयकोषका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा पनि गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved