भिमसेनलाई पसिना आएपछि सरकारले गर्यो बोकाको बलि सहित क्षमा पुजा

पूजाको प्रसाद राष्ट्रपति कार्यालय पुर्याईने
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2020 | 08:38:29 AM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्रालय र स्थानीय सरकारले बलिसहित भीमेश्वर मन्दिरमा क्षमापूजा गरेका छन् । पूजाको प्रसाद राष्ट्रपति कार्यालय पु¥याइने भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरमा बोकाको बलि दिइएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए । सो अवसरमा भीमेश्वर मन्दिरमा रुद्री पाठ समेत गरिएको थियो । भीमेश्वर मन्दिरको शिलामा पसिना आएपछि राष्ट्रपति कार्यालयबाट कालो बोकाको बलिसहित क्षमा पूजा गर्ने प्रचलन छ ।

पसिना आएपछि पसिना पुछिएको कपास राष्ट्रप्रमुखकामा पठाउने गरिन्छ । भीमेश्वरको शिलामा फागुन ८ गते बिहीबार बिहान ६ बजेर २५ मिनेटदेखि ८ बजेर २५ मिनेटसम्म पसिना आएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved