रवीन्द्रको सम्झनामा एयरपोर्टमा ‘स्मृति बगैंचा’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2020 | 03:25:47 PM मा प्रकाशित

laxmi  sunrise bank

आजभन्दा ठिक एक वर्षअघि हेलिकोप्टर दुर्घटनामा परी निधन भएका तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा विमानस्थल परिसरमा वृक्षारोपण गरिएको छ । गत वर्षको फागुन १५ गते ताप्लेजुङको पाथीभरास्थित सिस्नेभिरमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीसहित ७ जनाको निधन भएको थियो ।

पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोक्षिभय र हेलिकोप्टर चालक प्रभाकर केसीको मृत्यु भएको थियो । उक्त घटनाको आज वर्षदिन पुगेको छ । आज नेपाल नागरिक उड्डयन प्राधिकरण आधिकारिक ट्रेड युनियनको आयोजनामा वृक्षारोपण गरिएको छ । 

पर्यटनमन्त्री योगेश भट्टराई, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीलगायत उपस्थित भएर विमानस्थल परिसरमा वृक्षारोपण गरिएको छ । घटनामा मृत्यु भएका ७ जनाको सम्झनामा परिसरभित्र ७ वटा प्रजातिका वनस्पतिको वृक्षारोपण गरिएको छ । उक्त क्षेत्रलाई स्मृति बगैंचा बनाउने उद्देश्य प्राधिकरण कर्मचारी युनियनले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved