बिजपाटी सम्बाददाता     Feb 27, 2020 | 03:42:10 PM


tansen

नेपाल राष्ट्र बैंकले चैत्र ५ गते अगाडी नयाँ गभर्नर पाउने भएको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाले चैत्र ५ गते अगाडी गभर्नर नियुक्ति भई सक्ने जनाएका हुन् । 

हालै संचार मन्त्रालयको समेत जिम्मेवारी पाएका मन्त्री खतिवडाले सरकारको निर्णय सुनाउने क्रममा  नयाँ गभर्नर नियुक्तिबारे जानकारी दिएका हुन् ।  उनले भने 'म गभर्नर हुँदा पनि एक महिना भन्दा अगाडी निर्णय भएको  थिएँन, मेरो कार्यकाल सकिंदा पनि अन्तिम दिन मात्र सिफारिस भएको थियो, चैत्र ५ अगाडी गभर्नर नियुक्ति हुन्छ' । 

 नयाँ गभर्नरको नियुक्ति अर्थमन्त्री अध्यक्ष रहेको सिफारिस समितिले गरेको सिफारिसको आधारमा मन्त्रिपरिषदले गर्ने संवैधानिक ब्यबस्था छ। गभर्नर सिफारिस गर्ने समितिको अध्यक्ष अर्थमन्त्री हुन्छन्। समितिमा पूर्व गभर्नरहरु मध्येबाट एकजना सदस्य हुन्छन् भने अर्को सदस्यमा सरकारले तोकेको ब्यक्ति हुने प्रावधान छ। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका