डिजेल पेट्रोलमा १० रुपैयाँ कर लगाउने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2020 | 03:49:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले  पूर्वाधार विकास कर बढाएको छ । फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि उठाउने गरिएको करको दर बढाएको हो 

सरकारले यस अघि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि  पेट्रोल र डिजेलमा ५ रुपैयाँ विकास कर लगाउने गरेको थियो।  अब भने सरकारले त्यसमा थप ५ प्रतिशत थपेर १० प्रतिशत पुर्याउने निर्णय गरेको हो । 

बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सोही मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन् । हालसम्म सरकारले ३० अर्ब बढी रुपैयाँ पेट्रोलियम पदार्थबाट कर संकलन गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved