पब्लिक कम्पनीको न्युनतम चुक्ता पुँजी बढाउने तयारी, मस्यौदा तयार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2020 | 01:09:41 PM मा प्रकाशित

laxmi  sunrise bank

पब्लिक कम्पनीहरुको न्युनतम चुक्ता ५ करोड पुर्याईने भएको छ । सरकारले कम्पनी ऐनलाई संशोधन गरेर न्युनतम चुक्ता पुँजी  बढाउने तयारी गरेको हो  ।

नेपाल कानुन आयोगले तयार पारेको कम्पनी ऐन संशोधनको मस्यौदामा पब्लिक कम्पनीको चुक्ता पुँजी न्युनतम ५ करोड हुनु पर्ने ब्यबस्था गरिएको छ । हाल पब्लिक कम्पनीको न्युनतम चुक्ता पुँजी १ करोड कायम गरिएको छ  ।

हाल भईरहेका कम्पनीको न्युनतम चुक्ता पुँजी ५ करोड नभएमा नयाँ ऐन लागु भएको ३ वर्ष भित्र न्युनतम ५ करोड पुँजी पुर्याउनु पर्ने संशोधनको मस्यौदामा उल्लेख छ  । 



त्यस्तै मस्यौदामा मुनाफा वितरण नगर्ने कम्पनीले आफ्नो नामको पछाडि “(मुनाफा वितरण नगर्ने कम्पनी) लेख्नु पर्ने उल्लेख गरिएको छ । त्यस्तै सार्वजनिक निष्काशन गर्ने गरी शेयर छुट्याएको पब्लिक कम्पनीले सर्वसाधारणको लागि सार्वजनिक निष्काशन नगरेसम्म नगद लाभांस वा बोनस शेयर वितरण गर्न नपाउने प्रावधान समेत प्रस्तावित ऐनमा राखिएको छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved