जेष्ठ नागरिकलाई सित्तैमा केबलकार चढाउँदै चन्द्रागिरी हिल्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2020 | 05:45:07 PM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरी केवलकारले ७० वर्ष उमेर पार गरेका जेष्ठ नागरिकलाई निशुल्क सेवा दिने भएको छ । ज्येष्ठ नागरिकको परिचय खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराएपछि यो सुविधा पाईने चन्द्रागिरी केवलकारले जनाएको छ । 

आफ्नो जन्मदिनको अवसरमा चन्द्रगिरी जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई निशुल्क केबलकार चढ्ने सेवा दिँदै आएको कम्पनीले तीन फीटसम्म उचाईं भएका बालबालिकाहरूलाई पनि निशुल्क सुविधा दिँदै आएको छ । स्थानीय नागरिक र विद्यार्थीहरुलाई २५ प्रतिशत र शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई ५० प्रतिशत छुट पनि प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved