चीनबाट ल्याईएका विद्यार्थीको आज अन्तिम पटक स्वास्थ्य जाँच गरिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2020 | 09:16:36 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनको हुवानबाट उद्दार गरी ल्याईएका र हाल क्वारेन्टाइनमा राखिएका नेपालीहरुको आज अन्तिम पटक स्वास्थ्य परीक्षण गरिँदैछ । कोरोना भाइरसको उद्गमस्थलबाट ल्याईएका १७५ जना र उनीहरुलाई लिन गएको नेपाल एयरलाइन्सको जहाजका चालकदलसहित १८ जनाको आज अन्तिम पटक स्वास्थ्य परीक्षण गर्न लागिएको हो । 

उनीहरुलाई फागुन ४ गते उद्दार गरी ल्याएको थियो । ल्याएकै दिन गरिएको स्वास्थ्य परीक्षणमा उनीहरु सबैमा कोरोना भाइरसको संक्रमण देखिएको थिएन । विश्व स्वास्थ्य संगठनले पहिलो पटक परीक्षण गरिएको दुई हप्तापछि दोस्रोपटक स्वास्थ्य परीक्षण गर्नुपर्ने मापदण्ड बनाएको छ । सोहीअनुसार आज १४ दिन पुगेकाले  फेरि उनीहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।  

आजको परीक्षणबाट पनि कोरोनाको नभएको रिपोर्ट आए उनीलाई घर फर्काइने छ । कोरोना पोजेटिभ भेटिएमा टेकु अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिनेछ । आज गरिने परीक्षणको रिपोर्ट आइतबार बेलुकीसम्म आइसक्नेछ ।

हाल दैनिक दुईपटक ज्वरो मापन गरिँदै आएको छ । यसमा कसैमा पनि कोरोनाको लक्षण नदेखिएको क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा खटिएका नेपाली सेनाका क्याप्टेन डाक्टर नवीन फुयाँलले जानकारी दिए । 

चीनबाट फर्काइएका १७५ जना विद्यर्थाीलाई भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण भवन र निगमका चालकदलसहित १८ जनालाई नगरकोटस्थित खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved