महासंघको बरिष्ठ उपाध्यक्षमा ढकाललाई रामेछापको समर्थन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2020 | 08:13:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकाललाई रामेछाप उद्योग वाणिज्य संघले समर्थन गरेको छ । जिल्ला सदरमुकाम मन्थलीमा आयोजित ‘दोस्रो रामेछाप महोत्सव’को समापनमा प्रमुख अतिथि बनेर पुगेको ढकाललाई रामेछाप उद्योग वाणिज्य संघले महासंघको बरिष्ठ उपाध्यक्षमा समर्थन गरेको हो । 

महासंघको वर्तमान उपाध्यक्ष रहेका ढकालले आगामी निर्वाचनका लागि बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । ढकाललाई यसअघि विभिन्न प्रदेश र जिल्ला संघहरुले समर्थनको घोषणा गरिसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved