कम्पनीहरुले नाफाबाट अनुसन्धान र विकासका लागि रकम छुट्टाउनु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2020 | 10:28:20 AM मा प्रकाशित

laxmi  sunrise bank
सबै कम्पनीहरुले अनुसन्धान र विकास कार्यका लागि रकम छुट्टाउनु पर्ने भएको छ । सरकारले कम्पनी ऐनलाई संशोधन गरी सबै कम्पनीले आफ्नो नाफबाट अनुसन्धान र विकास कार्यका लागि रकम छुट्टाउनु पर्ने  व्यवस्था गर्न लागेको हो ।

कानुन मन्त्रालयले तयार पारेको ऐनको मस्यौदामा मुनाफा गर्ने कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने रकमका अतिरिक्त आफ्नो खुद मुनाफा रकमको ० दशमलव ०५ प्रतिशत रकम अनुसन्धान र विकास कार्यका लागि छुट्टाउनु पर्ने व्यवस्था उल्लेख गरिएको छ । 

प्रस्तावित ऐनमा अनुसन्धान र विकासका लागि छुट्टाएको रकम तोकिए बमोजिमको प्रकृया बमोजिम सम्बन्धित कम्पनीको उद्देश्यसँग सम्बन्धित अनुसन्धान कार्यका लागि खर्च गर्नु पर्ने उल्लेख छ । तर कम्पनीले आफ्नो व्यवसाय वा बजार प्रवद्र्धन वा विस्तार गर्ने काममा खर्च गर्न नपाउने ब्यबस्था प्रस्तावित ऐनमा छ ।

उक्त रकम  खर्च नभएमा तीस दिनभित्र अनुसन्धान ततथा विकास कोषमा जम्मा गर्नु पर्ने प्रस्ताव गरिएको छ  । उक्त कोष भने नेपाल सरकारले स्थापना गरी संचालन गर्ने छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved