अर्थमन्त्री खतिवडाले संसदलाई ढाँटेको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2020 | 03:45:09 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदलाई ढाँटेको खुलासा भएको छ । २०७६ असार १३ गते आर्थिक विधेयक २०७६ माथि भएको छलफलमा जवाफ दिने क्रममा अर्थमन्त्री युवराज खतिवडाले गरेको केहि दाबी झुटो रहेको खुोलासा भएको हो । 

सार्वजिनक पद धारण गरेका व्यक्तिका भनाइ र दाबी कति सही छन् भनी जाँच गर्ने संस्था साउथ एशिया चेक डट ओआरजीले गरेको तथ्य जाँचको क्रममा मन्त्री खतिवडाले संसदलाई ढाँटेको खुलासा भएको हो

हेर्नुस  मन्त्री खतिवडाको दाबि र वास्तविकता 

 २०७६ असार १३ गते आर्थिक विधेयक २०७६ माथि भएको छलफलमा जवाफ दिने क्रममा अर्थमन्त्री युवराज खतिवडाले निम्न दावी गरेका थिए  । 

१. “नेपालीहरू बाहिर गएर पुस्तक छपाएर ल्यायो भन्सार लाग्दैन । अनि नेपालमा बिक्री वितरण गर्‍यो ।”

२. नेपालमा करिब सात हजार छापाखाना छन् ।

३. नेपालको मुद्रण उद्योगमा १ खर्बको लगानी छ ।

साउथ एशिया चेकको जाँचमा जे देखियो 

दावी १. “नेपालीहरू बाहिर गएर पुस्तक छपाएर ल्यायो भन्सार लाग्दैन । अनि नेपालमा बिक्री वितरण गर्‍यो ।”

नेपाल सरकारको “भन्सार महसुल दरबन्दी २०७३/७४” को भाग ४९ मा नेपाली प्रकाशकले विदेशमा छापेर नेपाल पैठारी गर्दा लाग्ने भन्सारबारेमा उल्लेख छ । सो  दस्ताबेजको ३२९ पेजमा “किताबको रूपमा” भनेर सार्क मुलुकबाट ल्याउँदा मोलको ६ प्रतिशत र अन्य मुलुकबाट ल्याउँदा १० प्रतिशत भन्ने उल्लेख छ ।

यो एक वर्ष मात्र होइन अर्को वर्षको भन्सार महसुल दरमा पनि किताबमा भन्सार लगाइएको छ । उदाहरणका लागि भन्सार महसुल दरबन्दी आ.ब‍‍. २०७५/७६ हेरौँ । सो दस्ताबेजको पेज ३१० मा पनि आर्थिक वर्ष २०७३/७४ कै ब्यबस्था कायम छ ।

तसर्थ अर्थमन्त्रीले यस विषयमा संसदलाई ढाँटेको ठहर्छ ।

दावी २. नेपालमा करिब सात हजार छापाखाना छन् ।

यस विषयमा सरकारी स्तरबाट आधिकारिक रुपमा प्रकाशित आंकडा हामीले फेला पार्न सकेनौँ । तर नेपाल मुद्रण उद्योग महासंघले २०७६ जेठ ४ मा अर्थमन्त्रालयलाई बुझाएको ज्ञापनपत्र अनुसार नेपालमा १,५०० मल्टी कलर सहित करिव ४,००० अफसेट प्रिन्टिङ्ग मेसिन र आवश्यक अन्य कटिङ्ग, परफेक्टिङ्ग, लगायतका मेसिन तथा औजारहरु रहेका छन् । नेपाल मुद्रण उद्योग महासंघको अनुशार करिव २ हजार ४ सय मुद्रण व्यवसायीहरु यस महासंघमा आवद्ध रहेका छन्  ।

तसर्थ, लिखित कागजपत्रलाई उद्धृत नगरिकन अर्थमन्त्रीले गरेको यो दावी शंकास्पद छ ।

३. नेपालको मुद्रण उद्योगमा १ खर्बको लगानी छ ।

यस विषयमा पनि प्रकाशित आधिकारिक तथ्यांक भेट्न सकिएन तर नेपाली मुद्रण ब्यवसायीहरूको छाता संगठन नेपाल मुद्रण उद्योग महासंघले मे १८, २०१९ मा अर्थमन्त्रालयमा बुझाएको विज्ञप्ति अनुसार नेपालमा मुद्रण, बाइन्डिङ र प्याकेजिङसमेतको क्षेत्रमा गरी करिब १२ अर्ब स्थिर पूँजीको रुपमा मेसिन औजारमा मात्र लगानी रहेकाे छ।

अर्थमन्त्रीले गरेको दावी र नेपाल मुद्रण उद्योग महासंघको आंकडाभन्दा धेरै बढी भएकाले लिखित स्रोतलाई उद्धृत नगरिकन अर्थमन्त्रीले गरेको यो दावी पनि शंकास्पद छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved