बैंकिङ कसुरका मुद्दामा वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2020 | 04:44:41 PM मा प्रकाशित

laxmi  sunrise bank

मुलुकी अपराधसंहिता लागू भएसँगै चेक अनादार तथा बैंकिङ कसुरका घटना बढेको छ । यो मुद्दा दर्ता हुने क्रम बढ्दो सङ्ख्यामा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानाएको हो।

प्रहरी कार्यालय चितवनको तथ्याङ्कअनुसार चालू आव २०७६।७७ को माघसम्म बैंकिङ कसुर शीर्षकमा ६३ वटा मुद्दा दर्ता भएका छन् । आव २०७५।७६ भदौबाट सुरु भएको यो संहिताका कारण बैंकिङ  कसुरमा मुद्दाहरु दर्ता हुने क्रम बढेको हो । संहिता लागू भएको वर्ष बैंकिङमा ६२ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ । 

यस्तै  आव ०७४।७५ मा बैंकिङ कसुरसम्बन्धी एउटा मात्रै मुद्दा दर्ता भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बढ्दो आर्थिक कारोवारसँगै बैंकिङ कसुरका मुद्दाहरु बढ्दै गएको बताए । पैसा दिनका लागि चेक दिने तर खातामा पैसा नहुने समस्याले नागरिक पीडित हुँदै गइरहेको उनको भनाइ थियो । 

जिल्लामा बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै गएको भए पनि यसका लागि जिल्ला अदालतमा बेन्च नहुँदा समस्या आएको उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved