फोनबाटै ग्यास पाइने व्यवस्था गर्ने मन्त्रीको दाबि, बजारमा कति छ ग्यास र चामलको स्टक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2020 | 04:44:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले दैनिक उपभोग्य बस्तुको पर्याप्त मौज्दात रहेकोले अभाव नहुने जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोग्य बस्तुको अभाव हुन नदिने भन्दै उपभोक्तालाई हल्लाको पछि नलाग्न आग्रह गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले  दैनिक उपभोग्य बस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइने बताएका हुन् 

मन्त्री भट्टका अनुसार हाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड संग २५ हजार ६ सय ६९ मेट्रिक टन चामल मौज्दात छ । यसले ३ महिनालाई धान्ने छ । त्यस्तै उनले हाल साल्ट ट्रेडिङसंग १ लाख ३६ हजार मेट्रिक टन नुन रहेको र २ लाख २५ हजार मेट्रिक टन बाटोमा आउने क्रममा रहेको बताए । यसले १० महिना पुग्ने सरकारी प्रक्षेपण छ 

त्यस्तै उद्योगीसंग १ लाख १ हजार मेट्रिक टन, साल्ट ट्रेडिङसंग २५ सय मेट्रिक टन, मार्गस्थलमा ७५ सय मेट्रिक टन गरी १० हजार मेट्रिक टन चिनी रहेको मन्त्रालयले जनाएको छ  ।   

मन्त्रालयका अनुसार हाल १ महिनालाई पुग्ने ग्यास स्टक छ । तर मन्त्री भट्ट अभाव हुन् नदिने भन्दै हल्लाका पछाडी नलाग्न आग्रह गरेका छन् ।  उनले फोन गर्नेवित्तिकै ग्यास पाउने गरी हटलाइन टेलिफोनको व्यवस्था गर्ने बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved