मास्क र स्यानिटाइजरमा भन्सार छुटको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2020 | 05:40:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मास्क र स्यानिटाइजरमा भन्सार छुट दिने तयारी गरेको छ । कोरोना संक्रमणको जोखिम फैलिएसँगै यस्ता वस्तुको माग बढ्न गई अभाव सिर्जना भएको भन्दै यी सामग्री आयात गर्दा लाग्ने भन्सार महसुल छुट दिने तयारी गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भन्सार छुटको लागि अर्थ मन्त्रालयलाई अनुरोध गरेको हो । मन्त्रालयका सचिव चन्द्र घिमिरेले भन्सार छुटको लागि अनुरोध गरेको बताएका हुन् । उत्पादन तथा आपूर्ति बढाउनका लागि मन्त्रालयले पहल गर्ने र उपलब्धताको अनुगमन गर्ने  सचिव घिमिरेले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved