भक्तपुरमा १० सवारीसाधन ठोक्किए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2020 | 10:22:20 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार भक्तपुरमा दश सवारीसाधन ठोक्किंदा १५ जना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित सडकमा सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको काठमाडौँ वल्र्ड स्कूलको भ्यानका कारण एकै पटक १० वटा सवारीसाधन एकापसमा ठोक्किँदा १५ जना घाइते भएका हुन् । 

प्रदेश नं ३–०१–००३ प ४६४७ नम्बरको भ्यानले सडकमा अचानक ब्रेक लगाउँदा पछाडि आउँदै गरेका गाडी ठोक्किएका हुन् । 

पछाडि आउँदै गरेको बा.१६च.४३६१ नंको टाटा मोबाइल गाडीले ठक्कर दिई दुर्घटना हुँदा सो टाटा पछाडि आउँदै गरेको बा.४१प.४४०९ नंको मोटरसाइकल, बा.३ख. ३३४९ नंको बस, प्रदेश ३बा.२८३६ नंको कार बा.७०प.४४४५ नंको मोटरसाइकल, प्रदेश नं ३–०२–००७प.९६६४ नंको स्कुटर, प्रदेश नं ३–०१–००३क.४६४४ नंको भ्यान, प्रदेश नं ३–०१–००३क४६४१ नंको भ्यान, प्रदेश नं ३–०२–०१०प३७६३ नंको मोटरसाइकलसमेत गरी १० वटा सवारीसाधन ठोक्किएका हुन् ।

घाइतेहरुको भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा अस्पतालमा उपचार भइरहेको र उनीहरु खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved