प्रधानमन्त्री ओलीलाई विश्वभरका समकक्षीबाट स्वास्थ्य लाभको कामना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2020 | 08:03:33 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका सरकार प्रमुखहरुले स्वास्थ्य लाभको शुभकामना दिएका छन् । चिनिया राष्ट्रपति सी चिङ फिङसहित विभिन्न देशका राष्ट्र प्रमुखहरुले प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् । 

दोस्रो पटक सफलताका साथ मिर्गौला प्रत्यारोपण गरिएका ओलीलाई चिनियाँ राष्ट्रपति सीले शुक्रबार स्वास्थ्य लाभको कामना गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार भारतीय समकक्षी नरेन्द्र मोदी, पाकिस्तानी समकक्षी इमरान खानले पनि ओलीलाई स्वास्थ्य लाभको शुभकामना पठाएका छन् । जापना, भुटान लगायत देशका राष्ट्र प्रमुखहरुले पनि शुभकामना दिएका छन् । 

योसँगै शुक्रबार बेलुकाबाट नै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको र नियमित हिडडुल गर्न सक्ने भएको सल्लाहकार थापाले प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटिको प्रथम भेला तथा सपथ ग्रहण कार्यक्रममा जानकारी दिए । प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । यसअघि करिब १३ वर्षअघि उनको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved