विदेश पठाइदिन्छु भन्दै करोडौँ ठगी गर्ने पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2020 | 07:10:08 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेश पठाइदिन्छु भन्दै कारोडौँ ठगी गर्ने एक व्यक्ति पक्राउ  परेका छन् । अर्घाखाँचीका ३८ वर्षीय बाबुराम श्रेष्ठलाई शुक्रबार नेपालगञ्जबाट महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको जनाएको हो । प्रहरीले उनलाई नेपालगञ्जबाट पक्राउ गरेर काठमाण्डौमा सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार श्रेष्ठले माल्टा र कुवेत पठाईदिन्छु भन्दै विभिन्न व्याक्तिबाट दुई करोड ५० लाख रुपैयाँ ठगी गरेका थिए । श्रेष्ठले माल्टाका लागि २६ जनासँग प्रतिव्यक्ति १० लाख र कुवेतका लागि ३४ जनासँग प्रतिव्यक्ति छ लाख रुपैया लाग्छ भनी ठगी गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठले माल्टा जानेसँग छ-छ लाख तथा कुवेत जानेसँग तीन-तीन लाख उठाइसकेका थिए। 

माल्टामा प्रतिमहिना एक हजार दुईसय युरो र कुवेतमा प्रतिमहिना दुई हजार दुईसय दिराम कमाइ हुने आश्वासन श्रेष्ठले पीडितलाई दिएका थिए । प्रहरीले श्रेष्ठबाट विदेश पठाउन प्रयोग गरीने नक्कली कागजात तथा ५६ थान विभिन्न व्यक्तिका राहदानी बरामद गरेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved