प्रधानमन्त्रीलाई नियमित सन्तुलित आहार दिन थालियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2020 | 07:48:17 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आज नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले उहाँको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई हिँडडुल गराउन र सन्तुलित आहार दिन थालिएको उल्लेख गरेका छन्  । उनको भाइटल तथा ल्याब सामान्य रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान दिने उनकी भाञ्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्यावस्था पनि राम्रो हुँदै गएको अस्पतालले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved