मन्त्रीको अडियो रेकर्डबारे पूर्वसचिवले मुख खोले

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 10, 2020 | 02:00:30 PM मा प्रकाशित

laxmi  sunrise bank

'खानेपानी मन्त्री बिना मगरले २५ करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक गर्छु' भनेर धम्की दिएका तत्कालिन सचिव गजेन्द्र ठाकुरले आफूले त्यस्तो नबोलेको स्पष्टिकरण दिएका छन् । खानेपानी मन्त्रालयमा सचिव रहँदा मन्त्रीसँग विवाद भएको र त्यसपछि उनलाई जगेडामा राखिएपछि ठाकुरले मन्त्री बिना मगरले २५ करोड रुपैयाँ घुम मागेको र त्यसको अडियो आफूसँग सुरक्षित रहेको भन्दै चाँडै त्यो अडियो सार्वजनिक गर्ने अभिव्यक्ति दिएका थिए । 

‘तपाईले मन्त्री मगरले २५ करोड घुस मागेको अडियो सुरक्षित छ, सार्वजनिक गर्छु भन्नु भएको थियो, फेरि अझै गर्नु भएको छैन । मन्त्रीसँग कुरा मिलेर नगर्नु भएको हो ?’ भन्ने बिजपाटीको जिज्ञासामा ठाकुरले ‘मैले बोलेका कुरा सुरक्षित छन्, मन्त्रीको बारेमा केही बोलेको छैन, तपाईलाई गलत जानकारी गराईयो’ भने । 

मन्त्रालयमा रहँदा मेलम्ची खानेपानी आयोजनाको काममा बाधा गरेको, त्यसपछि नेपाल ट्रष्टको सचिव रहँदा यती समूहलाई गोकर्ण फरेष्ट रिसोर्टको जग्गा २५ वर्ष भाडामा दिन नितीगत सहयोग गरेको आरोप लागेका ठाकुरले आफूले मन्त्री मगरबारे त्यस्तो केही नबोलेको प्रतिक्रिया दिएका छन् । 

‘मैले त्यस्तो केही बोलेको छैन, तपाईलाई कसैले गलत सूचना दियो’ उनले भने, ‘सचिव जस्तो पदमा बसेर मैले त्यस्तो बोल्न मिल्ने कुरा थिएन ।’ उनले आफू हाल रिटायर्ड कर्मचारी रहेका कारण यसबारे चासो नलिन समेत भनेका छन् । 

‘न मन्त्रीले त्यस्तो केही गर्नु भएको छ, न मैले २५ करोडको कुरा गरेको छु’ उनले भने, ‘म अहिले रिटायर्ड भईसकेँ, तपाईलाई गलत जानकारी दिईयो, अनावश्यक चासो नलिँदा नै राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved