आज चट्याङसहित वर्षाको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2020 | 03:59:58 PM मा प्रकाशित

laxmi  sunrise bank

पश्चिमी वायुको प्रभावले मंगलबार देशभर आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपरान्हपछि पूर्वी तथा मध्य पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन् । 

उक्त प्रणाली पश्चिमी भू–भागबाट प्रवेश गरेकाले यसको प्रभाव पश्चिमी भेगमा बढी पर्ने बताइएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ । बुधबार देशभर आंशिकदेखि सामान्य बदली भई पश्चिमी तथा मध्य भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको औँल्याइएको छ । बिहीबार देशभर आंशिक बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम ताफक्रम ११ दशमलव नौ डिग्री र अधिकतम तापक्रम २४ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved