कोरोना असरः फलफुल व्यवसायी भन्छन्, ‘आत्महत्या गर्नुपर्ने भो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2020 | 10:29:24 AM मा प्रकाशित

laxmi  sunrise bank

फलफुलको आयात रोकिँदा व्यवसायीहरुले सरकारले सहजिकरण नगरिदिएको आरोप लगाएका छन् । कोरोना भाइरसको प्रकोप फैलिन नदिन चीनले नाका रोक्का गरेपछि नेपाल आउने फलफुलहरु बोटोमै रोकिएका छन् । यसबारे व्यवसायीहरुले सरकारले सहजिकरण नगरिदिएको आरोप लगाएका छन् ।

फलफुल व्यवसायी संघका अध्यक्ष कुमार पाण्डेले सरकारले आवश्यक सहजिकरण नगरिदिँदा २३ दिनदेखि नेपाल आउने फलफुल चिनियाँ नाकामा रोकिएको बताए । उनका अनुसार १३० वटा कन्टेनर खासाबाट केरुङ गएका थिए । 

‘हाम्रा सबै कन्टेनरहरु नाकामै रोकिएका छन्, करोडौँको लगानी डुब्ने स्थिती छ’ संघका अध्यक्ष पाण्डेले भने, ‘हामी आत्महत्या गर्नेस्थितीमा पुगिसक्यौँ, सरकारले वास्ता गरेन ।’ 

यस विषयमा वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले भने चिनियाँ पक्षसँग पहिलो चरणको वार्ता सकिएको र वार्ता सकारात्मक भएकाले अहिले नै हतोत्साहित नहुन व्यवसायीलाई आग्रह गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved