मेयर र उपमेयरले बेग्लाबेग्लै स्थानमा नगर कार्यालय राखेपछि सेवाग्राही अन्योलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2020 | 03:15:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्लाहीको बलरा नगरपालिकामा दुई स्थानमा कार्यालय राखेर  नगरको काम गरिएको छ । नगरप्रमुख र उपप्रमुखले बेग्लाबेग्लै स्थानमा नगरपालिकाको  कार्यालय राखेर नगरको काम संचालन गरेका हुन् । 

नगरपालिकाको आफ्नो कार्यालय हुँदाहुँदै नगरप्रमुख अभयकुमार सिंहले आफ्नो गाउँ हथियौलको एक निजी घरमा नगरपालिकाको कार्यालय राखेर नगरका गतिविधि सञ्चालन गरिरहेका छन् । नगरप्रमुख र उपप्रमुख बीचमा विवाद हुँदा नगरको काम कार्वाही प्रभावित हुनाका साथै नगरपालिकाको कार्यालयसमेत दुई स्थानमा सञ्चालन हुँदा नगरवासी सेवा लिन कहाँ जाने भन्ने अन्योलमा छन् ।

स्थानीय निकायको निर्वाचनलगत्तै नगरप्रमुख र उपप्रमुख बीचमा शुरु भएको विवादले अहिले कार्यालयसमेत दुईवटा बनेको छ ।  एउटै पार्टीबाट नगरप्रमुख र उपप्रमुख निर्वार्चित भएका भए पनि आपसमा राम्रो सम्बन्ध नहुँदा कार्यालय दुई स्थानमा राख्नुपर्ने अवस्था सृजना भएको जानकारहरुले बताउँदै आएका छन् ।

प्रमुख सिंह र उपप्रमुख रामसखी देवी दुवैजना राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका हुन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved